डब्लुएचओका अफ्रिका क्षेत्रिय निर्देशकमा नियुक्त एनडुगुलिलेको ५५ वर्षको उमेरमा निधन

दारे सलाम । आगामी फेब्रुअरीदेखि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिकाका लागि क्षेत्रीय निर्देशकको जिम्मेवारी तोकिएका फाउस्टिन एनडुगुलिलेको भारतमा उपचारका क्रममा निधन भएको छ । तान्जानियाका सभामुख तुलिया अक्सनले बुधबार एनडुगुलिलेको निधन भएको पुष्टि गरेका हुन् ।
व्यावसायिक राजधानी दार एस सलामको एक निर्वाचन क्षेत्रका सांसदसमेत रहेका एनदुगुलिलेको मृत्युको कारण भने खुलाइएको छैन । तान्जानियाका पूर्व उपस्वास्थ्यमन्त्री ५५ वर्षीय एनदुगुलिलेलाई गत अगस्टमा डब्लुएचओ अफ्रिका प्रमुख मनोनित गरिएको थियो ।
उनले सन् २०२५ को फेब्रुअरीदेखि पाँच वर्ष कार्यभार सम्हाल्दै थिए । तान्जानियाकोसभामुख तुलिया अक्सनले एनदुगुलिलेको निधनको खबरले आफु निकै दुखी भएको बताउँदै उनको अन्त्येष्टिको जानकारी छिट्टै गरिने बताइएकाे छ ।
‘उनको निधनबाट अफ्रिकालाई अपुरणीय क्षति पुगेको छ,’ उनले भने । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले उहाँको आकस्मिक निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
सङ्गठनका वर्तमान अफ्रिका क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले उक्त समाचारले आफूलाई निकै दुःखी र स्तब्ध बनाएको बताएका छन् । ‘यो एक ठूलो क्षति हो,’ उनले एक्समा लेख्नुभएको छ । तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले पनि सामाजिक सञ्जालमा शोक व्यक्त गरेका छन् । रासस/एएफपी
प्रतिक्रिया