ह्याप्पीडेन्ट बन्यो नेपाल प्रिमियर लिगको आधिकारिक स्पार्कलिङ स्माइल पार्टनर

काठमाडौं । ह्याप्पीडेन्ट, नेपालमा सर्वाधिक रुचाइएको चुइङगम ब्राण्ड मध्येको एक ब्राण्ड हो र यो ब्राण्ड अब नेपालकै बहुप्रतिक्षित नेपाल प्रिमियर लिगको सिजन १ का लागि स्पार्कलिङ स्माइल पार्टनरको रुपमा जोडिन पाएकोमा गौरवान्वीत भएको छ । स्वच्छ सास र चम्किलो मुस्कान फैलाउनका लागि चर्चित ब्राण्ड अनि शक्ति, उत्साह, उमँग र जोशलाई प्रदर्शित गर्ने क्रिकेट प्रतियोगिताबीच भएको यो रोमाञ्चक सहकार्यले एक शक्तिशाली बन्धनलाई प्रतिबिम्बित गरेको छ ।
एक स्पार्कलिङ स्माइल पार्टनर हुनुको नाताले ह्याप्पीडेन्टले एनपिएलको यो सिजनभरी प्रशंसकहरुका माझ आफ्नो पहिचानयुक्त चम्किलो मुस्कान फैलाउनेछ । साझेदारीले खास गरेर प्रशंसकहरुलाई उनीहरुको टिमको समर्थन गरिरहँदा उनीहरुमा हौसला अभिवृद्धि गर्न, आत्मविश्वास जगाउन तथा चम्किलो मुस्कान प्रदान गर्नमा जोड दिनेछ ।
ह्याप्पीडेन्ट, एक ब्राण्डको रुपमा विश्वास राख्छ कि आत्मविश्वासपूर्ण मुस्कानले कुनै पनि कोठामा उज्यालो फैलाउन सक्छ र एनपिएलको जीवन्त ऊर्जाले नेपालभर त्यो सकारात्मकता विस्तार गर्न सक्छ । ब्राण्ड प्रशंसकहरुसंग साक्षात्कार हुने, उनीहरुमा मुस्कान फैलाउने र यो रोमाञ्चक सिजनमा थप रौनकता प्रदान गरेर सिजनलाई अविस्मरणीय बनाउने कार्यमा अघि बढेको छ ।








प्रतिक्रिया