कार्तिक आर्यनको बक्स अफिस कलेक्शन
काठमाडौं । उदीयमान बलिउड कलाकारहरूको कुरागर्दा कार्तिक आर्यनको नाम पहिलो स्थानमा आउँछ । फिल्मी परिवार भन्दा बाहिरी भए पनि उनले सानो सहरबाट आएर छोटो समयमै हिन्दी सिनेमामा आफ्नो जरा बलियो बनाएका छन् । अहिले उनको हरर कमेडी फिल्म भुल भुलैया – ३ को विस्फोटक बक्स अफिस कलेक्शनको चर्चा भैरहेको छ । यो पछिल्लो फिल्मले रिलिज भएको तीन दिनमै १०० करोडभन्दा बढी व्यापार गरिसकेको थियो । आर्यनको भुल भुलैया – ३ ले अजय देवगनको सिघम रिटर्न लाई समेत पछि पारिसकेको छ ।यद्यपि यसअघि पनि उनका फिल्मले कमाइको हिसाबले बक्स अफिसमा तहल्का मच्चाइसकेका छन ।
हेरौं कार्तिक आर्यनका शीर्ष-५ चलचित्रको व्यापार रिपोर्ट :
सोनू के टीटू की स्वीटी
६ वर्षअघि सन् २०१८ देखि कार्तिक आर्यनको सुपरस्टार र बक्स अफिसको राजा बन्ने यात्रा सोनु के टिटु की स्वीटी फिल्मबाट सुरु भएको थियो । कार्तिकसँगै सन्नी सिंह र नुशरत भरुचाले यो चलचित्रमार्फत दर्शकलाई निकै मनोरञ्जन प्रदान गरेका थिए । बलिउड हंगामाको रिपोर्ट अनुसार निर्देशक लव रञ्जनको यो फिल्मले बक्स अफिसमा १०८.९५ करोड भारुको व्यापार गरेको थियो र यो कार्तिकको करियरको पहिलो १०० करोडको फिल्म थियो ।
लुका छुपी
सोनु के टिटु के स्वीटीको एक वर्षपछि कार्तिक आर्यनको फिल्म लुका छुपी प्रदर्शनमा आएको थियो जसमा उनलाई अभिनेत्री कृति सननसँगले साथ दिएकि थिईन । कार्तिकले यो रोमान्टिक-कमेडी फिल्मबाट फेरि दर्शकहरूको मन जिते र यो चलचित्रले बक्स अफिसमा ९४.७५ करोड भारुको व्यापार गर्यो ।
पति पत्नी और वो
कार्तिक आर्यनका लागि सन् २०१९ बिशेष रह्यो । लुका छुपी पछि कार्तिक आर्यनको दोस्रो सफल फिल्म पति पत्नी और वो यहि वर्ष रिलिज भयो । कार्तिकले यो फिल्ममा भूमि पेडनेकर र अनन्या पाण्डेसँग रोमान्स गरे र फिल्मले बक्स अफिसमा ८६.८९ करोड भारतिय रुपैयाँ संकलन गरेको थियो ।
भूलभुलैया – २
कार्तिक आर्यन पनि कोभिड महामारीका कारण केही वर्ष थिएटरबाट बेपत्ता भए । कोभिड पछि २०२२ मा कार्तिकले हरर कमेडी फिल्म भुल भुलैया – २ मार्फत नयाँ इतिहास लेखे । यो चलचित्र कोरोना कालको पहिलो ब्लकबस्टर फिल्मका रुपमा चिनिन्छ । भुल भुलैया – २ ले बक्स अफिसमा कुल १८५ करोड भारतिय रुपैयाँ संकलन गरेको थियो ।
सत्य प्रेम की कथा
भुल भुलैया – २ पछि कार्तिक आर्यन अभिनेत्री कियारा आडवाणीसँग सत्यप्रेम की कथा फिल्ममा देखिए । यो चलचित्रले रोमान्टिक थ्रिलरका रुपमा हलमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पायो । यसको बक्स अफिस संकलन ७७.५५ करोड भारु थियो ।
कार्तिक आर्यनको भुल भुलैया – ३ ले बक्स अफिसमा अचम्मको प्रदर्शन गरिरहेको देखेर यो फिल्म उनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म पनि बन्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया