मंगलबार, वैशाख १६, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

नेपालखोज २०८१ मंसिर १५ गते १८:३७

काठमाडौं । पर्साको बिन्दवासनी गाउँपालिका–२ स्थित सडकबाट अवैध लागूऔषध चरेश करिब ५ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगैली गाउँपालिका–५ निचुटा बस्ने ४५ वर्षीय जनार्धन औझईया र भारत बिहार बस्ने ६० वर्षीय गौरीशंकर भगत माली रहेका छन् । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले महुवनबाट वीरगंजतर्फ साइकलमा जाँदै गरेका उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा पुरानो मेचीपुल सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका–१ घर भई सुनसरी इटहरी उपमहानगरपालिका–१९ बस्ने २८ वर्षीय जीवन कामीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ४५७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय विशाल शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय प्रबिन रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिष्फोटक पदार्थ सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ

बिष्फोटक पदार्थ सम्बन्धी कसूरका फरार २ जना प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला ठेगाना भएका ३६ वर्षीय राज कुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोल ठेगाना भएका २० वर्षीय धिरज माझी रहेका छन् ।

बिर्तामोड नगरपालिका–६ स्थित शमशेर एण्ड गंगादेवी टि स्टेट प्रालिको पश्‍चिम पर्खाल नजिकै गत भदौ २८ गते आम सर्वसाधारणलाई आतंकित तुल्याउने उदेश्यले बिष्फोटक पदार्थ राखेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उक्त कार्यमा संलग्न राज कुमारलाई मोरङ उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट र धिरजलाई मोरङ पथरी शनिश्चरे नगरपालिका–१ जातेरोडबाट पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत झापाबाट बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा ३ दिन म्याद थप अनुमित लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१३ सेवार सिर्जनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका–६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया