आइतबार, वैशाख १४, २०८२

बैंकिङ प्रणालीबाट आज पनि ५० अर्ब तान्दै राष्ट्र बैंक

कहिले नियन्त्रणमा आउँछ, अधिक तरलता ?

नेपालखोज २०८१ मंसिर १६ गते १३:१८

काठमाडौं । अधिक तरलता नियन्त्रणमा नआएपछि राष्ट्र बैंकले बैंकहरुबाट पुन ५० अर्ब रुपैंयाँ तान्ने भएको छ । यही मंसिर १६ गते अर्थात आज आईतबार राष्ट्र बैंकले निक्षेप संंकलन उपकरण बिक्री गरेर उक्त परिमाणमा निक्षेप रकम तान्न लागेको हो ।

आज अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिने राष्ट्र बैंकको भनाई छ । परिपक्व हुुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती पुस सात गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया