आइतबार, माघ ६, २०८१

झण्डै १० अंकले घट्दा आठ अर्ब ८३ करोडको शेयर किनबेच

नेपालखोज २०८१ मंसिर १६ गते १५:१९

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नैै नेप्से नौं दशमलव ९९ अंकले घटेर २७ सय ३८ दशमलव शुन्य छ अंकमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २० अंकले घटेर चार सय ७३ दशमलव ३० अंकमा झरेको छ ।

Advertisement

नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ८२ हजार छ सय दुई पटकको कारोबारमा एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक दुई सय ६५ दशमलव १५ अंकले बढेर छ हजार एक सय २६ दशमलव २७ अंकमा चढेकोमा होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि क्रमशः २० दशमलव ७३ र तीन सय ८३ दशमलव ६३ अंकले बढेका छन् ।

वाणिज्य बैक समुहको सुचक भने २२ दशमलव शुन्य एक अंकले घटेर १४ सय ७० दशमलव ६६ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि एक सय सात दशमलव ८६ अंकले घटेर तीन हजार पाँच सय ३० दशमलव ३९ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि ४० दशमलव ८६ अंकले घटेर तीन हजार पाँच सय ३८ दशमलव १६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ८४ दशमलव १४ अंकले घटेर १३ हजार तीन सय ८३ दशमलव ७३ अंंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक दशमलव ४८ अंकले घटेर १३ हजार एक सय ८९ दशमलव ६९ अंकमा झरेकोमा लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि क्रमशः एक दशमलव २३, ३९ दशमलव ५७, ४७ दशमलव ९०, शुन्य दशमलव शुन्य पाँच र २७ दशमलव ८८ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एक्सेल डेभलपमेन्ट बैंक पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया