उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
नेपालखोज
२०८१ मंसिर १७ गते १७:३६

ठूलीभेरी (डोल्पा) । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन् ।
आइतबार भएको निर्वाचनमा उहाँ एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो । त्यतिबेला उहाँले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया