शुक्रबार, असार १३, २०८२

राष्ट्र बैकद्वारा आधिकारिक प्रतिनिधिमार्फत गरिने कारोबारको सीमामा संसोधन

नेपालखोज २०८१ मंसिर १८ गते १९:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधिकारिक प्रतिनिधिमार्फत गरिने कारोबारको सीमामा संसोधन गरेको छ । राष्ट्र बैैंकले भुक्तानी सम्वन्धी कार्य गर्न अनुमतीपत्र प्राप्त संस्थाको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था संसोधन गरेको जानकारी दिएको छ ।

संसोधित व्यवस्था अनुसार आधिकारिक प्रतिनिधिमार्फत गरिने कारोबारको सीमा सम्बन्धमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक प्रतिनिधिमार्फत प्रति दिन अधिकतम २५ हजार रुपैयाँसम्म र प्रतिमहिना अधिकतम एक लाखसम्म नगद जम्मा गर्न सक्नेछन् ।

ग्राहकले माग गरेको अवस्थामा आधिकारिक प्रतिनिधिमार्फत प्रति महिना २५ हजारभन्दा बढी नहुने गरी प्रति दिन पाँच हजारसम्म नगद प्राप्त गर्न सक्नेछन् । यसप्रकारको कारोबार बैंक तथा वित्तीय संस्थाको ब्त्ः मार्फत समेत गर्न सकिने परिपत्रमा उल्लेख छ ।

भुक्तानी सेवा प्रदायक संस्थाहरुले उपबुँदा (१) र (२) बमोजिमको कारोबारको लागि सो उपबुँदामा तोकिएको अधिकतम सीमा भित्र रही कारोबारको सीमा निर्धारण गर्न सक्नेछन् । परिपत्र अनुसार आधिकारिक प्रतिनिधिले गर्ने कुल दैनिक कारोबारको सीमा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले निर्धारण गर्न सक्नेछन् । आधिकारिक प्रतिनिधिको सम्पूर्ण कारोबारको विवरण सम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नुपर्ने छ ।

भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधिहरुले गर्ने कारोबारको निगरानीको लागि कारोबारको संख्या, रकम, स्थान, प्रवृति, वृद्धि आदिलाई विश्लेषण गरी त्रैमासिक प्रतिवेदन तयार गरी सञ्चालक समितिमा पेश गर्नुपर्ने छ । साथै, अर्धवार्षिकरुपमा यस्तो प्रतिवेदन यस विभागमा समेत पेश गर्नुपन परिपत्रमा उल्लेख छ ।

यसअघि भने एजेन्टमार्फत गरिने वालेट कारोबारसम्बन्धमा (ज्ञ) भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक एजेन्टमार्फत प्रतिदिन अधिकतम २५ हजारसम्म र प्रतिमहिना अधिकतम एक लाखसम्म नगद जम्मा गर्न सक्ने व्यवस्था रहेको थियो ।

ग्राहकले माग गरेको अवस्थामा एजेन्टमार्फत प्रति महिना २५ हजारभन्दा बढी नहुने गरी प्रति दिन पाँच हजारसम्म नगद प्राप्त गर्न सक्ने व्यवस्था रहेको थियो ।

यसप्रकारको कारोबार बैंक तथा वित्तीय संस्थाको ब्त्ः मार्फत समेत गर्न सकिने र वालेट कारोबारको सीमा सम्बन्धी बुँदा नं. ३(१) को व्यवस्था भुक्तानी सेवा प्रदायक संस्थाहरुले नियुक्त गरेको एजेन्टको कारोबारको हकमा लागू हुने छैन ।

एजेन्टले गरेको कारबोरको सम्पूर्ण विवरण सम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नुपर्ने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया