विभिन्न किसिमका लागूऔषधसहित व्यक्ति नियन्त्रणमा

नेपालखोज २०८१ मंसिर २० गते १४:२८

काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–८ सेउतीखोलास्थित कोशी लोकमार्गबाट मंसिर १९ गते विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही उपमहानगरपालिका–१३ अनामटोल बस्ने ४१ बर्षिय रोशन मगर र अमरपथ बस्ने ३७ बर्षिय प्रकाश राईलाई सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले नियन्त्रणमा लिएको हो ।

को २५ प ८११ नम्बरको स्कुटीमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट ३४ वटा प्रोमेथाजिन, ३५ वटा बुप्रेनोर्फिन, ३५ वटा डाईजेपाम र ३५ वटा फेनिरामीनसहित नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया