नेप्से २७ सय ३४ बिन्दुमा कायम, ४५ अर्ब ३९ करोडको शेयर खरिद–बिक्री

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार सात सय ३४ दशमलव ९३ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६४ दशमलव शुन्य एक बिन्दुुमा कायम भएको छ।
यो साता धितोपत्र बजारमा तीन सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख ५९ हजार ११ पटकको कारोबारमा नौ करोड ५० लाख ६८ हजार नौं सय ५६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ४५ अर्ब ३९ करोड ७३ लाख ४८ हजार ६६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा छ अर्ब रुपैंयाँले बढी हो ।
गत साता तीन सय २२ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ८९ हजार नौं सय ४२ पटकको कारोबारमा सात करोड ५६ लाख ७३ हजार नौं सय २८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३९ अर्ब ३८ करोड ३० लाख ३० हजार ४९ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, चौंथो र पाँचौं दिन ओरालो लागेको नेप्से परिसुचक दोस्रो र तेस्रो दिन भने उकालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक नौं दशमलव ९९ अंकले ओरालो लागेर २७ सय ३८ दशमलव शुन्य छ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २० अंकले ओरालो लागेर चार सय ७३ दशमलव ३० बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक १९ दशमलव ९७ अंकले उकालो लागेर २७ सय ५८ दशमलव चार बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ५० अंकले ओरालो लागेर चार सय ७१ दशमलव ७९ बिन्दुमा झरेको थियो । तेस्रोे कारोबार दिन पनि नेप्से परिसुचक १७ दशमलव ८० अंकले उकालो लागेर २७ सय ७५ दशमलव ८० बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५८ अंकले ओरालो लागेर चार सय ७१ दशमलव २१ बिन्दुमा झरेको थियो । चौंथो कारोबार दिन भने नेप्से परिसुचक २४ दशमलव ९७ अंकले ओरालो लागेर २७ सय ५० दशमलव ८७ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १८ अंकले ओरालो लागेर चार सय ६९ दशमलव शुन्य तीन बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक १५ दशमलव ९३ अंकले ओरालो लागेर २७ सय ३४ दशमलव ९३ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य दुई अंकले ओरालो लागेर चार सय ६४ दशमलव शुन्य एक बिन्दुमा झरेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल फाईनान्स, एनआईसी एशिया बैंक अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
दैनिक सेयर कारोबार तालिका
दिन | कम्पनी संख्या | कारोबार संख्या | कित्ता संख्या | कारोबार रकम |
पहिलो दिन | ३१४ | ८२६०२ | १६७६७१६८ | ८८३२२२५८९२.८२ |
दोस्रो दिन | ३१४ | १०३४८१ | २३०११३६१ | १०५४१७४६५६४.०७ |
तेस्रो दिन | ३०७ | ८८७७५ | १८१६०६३४ | ८५२१२१९२९९.६७ |
चौंथो दिन | ३२० | ९६६७७ | २०३३२०६६ | ९१३२४६८९०६.७७ |
पाँचौं दिन | ३०७ | ८७४७६ | १६७९७७२७ | ८३६९६८७४०२.७२ |
कुल | ३२० | ४५९०११ | ९५०६८९५६ | ४५३९७३४८०६६.०२ |
प्रतिक्रिया