भूटानी नरेश स्वदेश फिर्ता
नेपालखोज
२०८१ मंसिर २१ गते १४:५३

काठमाडौं । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो ।
आज बिहान काठमाडौँ आउनुभएका भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँ आउनुभएको हो । –RSS
सम्बन्धित








प्रतिक्रिया