मंगलबार, वैशाख १६, २०८२

दक्षिण भारतमा कार तालमा खस्दा पाँच जनाको मृत्यु

नेपालखोज २०८१ मंसिर २२ गते १३:२८

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तेलङ्गानामा शनिबार बिहानै कार तालमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएको पुष्टि भएको छ ।

दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो । कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिन्छ ।

राज्यको राजधानी हैदरावादबाट भुदन पोचमपल्ली क्षेत्रमा निकै तीव्र गतिमा गुडिरहेको कार दुर्घटनामा परेको बताइएको छ । प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ भने घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया