आइतबार, माघ ६, २०८१

एनपीएलमा आज पनि दुई खेल हुँदै, जित्नै पर्ने दबाबमा लुम्बिनी

नेपालखोज २०८१ मंसिर २३ गते ७:३५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा उत्रने छ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान  ९ बजे सुरू हुनेछ । जारी एनपीएलमा दुवै टिमको चौथो खेल हो ।

Advertisement

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान १ः१५ बजे सुरू हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी एनपीएल पुस ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया