अस्पतालका एक कर्मचारी मृत फेला

नेपालखोज २०८१ मंसिर २४ गते ६:४४

राजविराज (सप्तरी) । राजविराजस्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको कभर्ड हल नजिक एक कर्मचारी आज मृत फेला परेका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका कार्यालय सहयोगी ५५ वर्षीय सुधिरकुमार झा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुर निवासी झा विगत २५ वर्षदेखि अस्पतालमा कार्यरत थिए । उनी अस्पताल परिसरमै रहेको क्वार्टर (कोठा)मा परिवारसहित बस्दै आएका थिए ।  

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घटनास्थल हेर्दा घटना शंकास्पद देखिएको भन्दै सुक्ष्म अनुसन्धान गरी सत्यतथ्य खोजी गरिनुपर्ने बताए ।

प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले झाको शवपरीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए । रासस

प्रतिक्रिया