‘खलनायकदेखि कमेडियनसम्म: कलाकारहरूको रूपान्तरण’
नेपालखोज
२०८१ मंसिर २४ गते १३:०८
कतिपय यस्ता कलाकार छन् जसले आफ्नो डरलाग्दो खलनायकको छवि तोडेर कमेडियन भएर पनि दर्शकको मनमा स्थान बनाएका छन् ।
अनुपम खेरले करियरको सुरुवातमा खलनायकको भूमिका निर्वाह गरेका थिए , त्यसपछि उनले कमेडियनको भूमिका पनि निर्वाह गरे ।
कादर खान खलनायकका रूपमा चलचित्र उद्योगमा प्रवेश गरे तर आफ्नो परिवारका कारण उनले हास्य कलाकारका रूपमा पनि आफ्नो भाग्य परिक्षण गरे ।
परेश रावलले कैयौं फिल्ममा नकारात्मक भूमिका निर्वाह गरे पनि उनले सबैलाई चकित बनाउँदै कमेडीबाट समेत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
जावेद जाफरीले धेरै फिल्ममा खलनायकको भूमिका पनि निर्वाह गरेका थिए तर अहिले उनी कमेडियनको भूमिकामा देखिएका छन् ।
जसरी खलनायक बनेर शक्ति कपुरले डरलाग्दो रूप देखाए, त्यसैगरी उनले कमेडियन बनेर पनि दर्शकहरूलाई हँसाए ।
सम्बन्धित
प्रतिक्रिया