शुक्रबार, माघ ११, २०८१

पाकिस्तानमा सडक दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते

नेपालखोज २०८१ मंसिर २४ गते २०:४९

इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा सोमबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । घटना प्रान्तको शेखुपुरा जिल्लामा भएको थियो । तीव्र गतिका कारण यात्रु भ्यान पल्टिएको राज्य संचालित आकस्मिक सेवा विभागले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

Advertisement

जिल्लाको मुख्य राजमार्गमा मोडिने क्रममा भ्यान चालकले गाडीको नियन्त्रण गुमाएको उक्त विज्ञप्तिमा बताएको छ । उद्धार टोलीले तुरुन्तै घटनास्थल पुगेर शव र घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा पुर्याएको थियो ।

सडक दुर्घटनाहरू पाकिस्तानमा एक चिन्ताजनक मुद्दा हो । लापरवाहीको साथ सवारी चलाउनु, सडकको खराब अवस्था र सवारी साधनको उचित मर्मतसम्भारको अभाव उच्च दुर्घटनाको मुख्य कारण हुन् ।

प्रतिक्रिया