आइतबार, माघ ६, २०८१

हिरो मोटोकर्पले गर्याे नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक घोषणा

नेपालखोज २०८१ मंसिर २६ गते १२:११

काठमाडौं । नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

Advertisement

बहुप्रतिक्षित यी दूबै नयाँ बाइकहरु मङ्सीर २६ मा, गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भब्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू, र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो । सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू :

सिंगल च्यानल एबीएसः
सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि ।
श्रेणीकै सर्वाधिक तिब्र:
सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी ।
फराकिलो रियर टायरः
सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको ब्यवस्था ।
एलईडी हेडलाइट्सः
सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नवप्रबर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा ।
ब्लूटूथ कनेक्टिविटी:
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।
एक्स्ट्रिम १६० का मुख्य विशेषताः
श्रेणीकै सर्वाधिक गति क्षमता:
तिव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित ब्यवस्था गरिएको छ ।
केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शन:
प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको ब्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।
ब्लूटूथ कनेक्टिविटी:
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।
सार्वजनिकको तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन, र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ । शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ ।

प्रतिक्रिया