आइतबार, माघ ६, २०८१

एनपीएल : आज दुई खेल हुँदै

नेपालखोज २०८१ मंसिर २७ गते ७:४२

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

Advertisement

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ ।

हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ । रासस

प्रतिक्रिया