शुक्रबार, माघ ११, २०८१

संवैधानिक सङ्कटबीच जर्जियामा इयुप्रति वफादार राष्ट्रपति नियुक्त

नेपालखोज २०८१ मंसिर २९ गते २१:०५

तिब्लिसी । जर्जियाको सत्तारुढ दलले शनिबार विवादास्पद निर्वाचन प्रक्रियामा इयुप्रति वफादार अति दक्षिणपन्थी व्यक्तिलाई शनिबार राष्ट्रपतिमा नियुक्त गरेको छ ।

Advertisement

जर्जियाको सत्तारुढ ड्रिम पार्टीले गत अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा विजय हासिल गरेपनि जर्जियामा पछिल्लो समय राजनीतिक सङ्कट देखिएको छ ।

गत महिना युरोपियन युनियन (इयु) को सदस्यता वार्ता स्थगित गर्ने उसको निर्णयपछि इयुको पक्षमा व्यापक प्रदर्शनहरू भएका छन् ।

सत्तारुढ जर्जियाली ड्रिम पार्टीको नियन्त्रणमा रहेको र विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ले मिखाइल काभेलाश्विलीलाई २२४ मतका साथ पाँच वर्षे कार्यकालका लागि देशको आगामी नेतामा निर्वाचित गरेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष जियोर्जी कलान्ड्रिश्विलीले जानकारी दिए ।

विपक्षीले शनिबारको निर्वाचनलाई ‘नाजायज’ भन्दै निन्दा गर्दै वर्तमान राष्ट्रपति सालोम जुराबिश्विली देशको एक मात्र वैध नेता रहेको बताएका छन् ।

जर्जियाली ड्रीमसँग विवादमा रहेका पश्चिमसमर्थक जुराबिश्भिलीले पद छोड्न अस्वीकार गरेका छन् र नयाँ संसदीय निर्वाचनको माग गरिरहेका छन् । शनिबार बिहान प्रदर्शनकारीहरू संसद भवन बाहिर भेला हुन थालेपछि उक्त स्थानलाई प्रहरीले घेराहालेको थियो ।

प्रतिक्रिया