पूर्वमेयर पिएल सिंहको पार्थिव शरीर कांग्रेस कार्यालयमा
नेपालखोज
२०८१ पुष १ गते १३:२२

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा राखिएको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलिका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रासहित पार्टी कार्यालय लगिएको हाे ।
८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।
उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए । गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए । पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए ।
पञ्चायत व्यवस्थापछि उनी काठमाडौंका पहिलो मेयर हुन् ।
सम्बन्धित

प्रतिक्रिया