सोमबार, वैशाख १५, २०८२

ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन

नेपालखोज २०८१ पुष १ गते १३:५२

नयाँदिल्ली । ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । उनको ७३ बर्षको थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो ।हुसेनको सान फ्रान्सिस्कोको एक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

एक शिक्षकको रूपमा उनको कामले अनगिन्ती संगीतकारहरूमा अमिट छाप छोडेको छ । उनले भावी पुस्तालाई अगाडि बढ्न प्रेरित गरेका छन् । उनी भारतीय सांस्कृतिक विरासत बोकेको महान संगीतकार थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धीलगायतका नेताले प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनीप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा शेयर गरेको पोस्टमा भनिएको छ, ‘उनले एक सच्चा प्रतिभाशाली व्यक्ति थिए । उस्ताद जाकिर हुसेनले भारतीय शास्त्रीय संगीतको दुनियाँमा क्रान्ति ल्याएका थिए । देशले उनी र उनको सङ्गीतप्रतिको योगदानलाई सधैँ सम्झिरहनेछ ।’

प्रतिक्रिया