घुससहित पक्राउ परेका दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालखोज २०८१ पुष १ गते १६:०८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुब्बाद्वय अशोककुमार यादव र दिनेशप्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।​​

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्रिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी घुस मागेको अभियोगमा अख्तियारको टोलीले यादवलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा यादव र साहको आपसी मिलोमतोमा घुस लिएको पुष्टि भएको थियो ।

२० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी आयोगले गरेको छ ।

प्रतिक्रिया