सर्वोच्चले गर्याे एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज

नेपालखोज २०८१ पुष १ गते १७:२४

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुलेको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक समेत रहेका गुरुङबाट एमालेले जग्गा दानमा लिनु गैरकानूनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेज गरेको हो ।

गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेत सहित तीन जनाले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।

प्रतिक्रिया