रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपालखोज २०८१ पुष २ गते १३:४६

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका रविलाई ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हाे ।

प्रहरीले मंगलबार ४ दिन हिरासतमै राख्न अनुमति मागेको थियो । प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने र गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीसहित ५ जनालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

प्रतिक्रिया