व्यवस्था र अवस्था बदलिइसक्यो, अब परिणाम देखिन मात्र बाँकी छ : ओली
नेपालखोज
२०८१ पुष २ गते १५:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा व्यवस्थामात्र बदलिएको नभएर देशको अवस्था समेत बदलिएको दावी गरेका छन् ।
ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यवस्था बदलिएको र अवस्था पनि बदलिएको बताएका हुन् ।
‘अहिले काम पाइरहेका छन्, मान्छेहरू व्यवस्था बदलियो, अवस्था बदलिएन भन्छन् म भन्छु- व्यवस्था पनि बदलियो, अवस्था पनि बदलियो,’ उनले भने ।
उनले ललितपुर महानगरका सांस्कृतिक शहर, धेरै विविधता भएको र लामो समयदेखि आफ्नै चाडपर्वले सुसज्जित शहर रहेको पनि बताए । उनले अहिले एकताको आवश्यकता रहेको बताए ।
सम्बन्धित

प्रतिक्रिया