आइतबार, वैशाख १४, २०८२

तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपालखोज २०८१ पुष ३ गते ११:१०

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधवार ७०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया