सभामुख-उपसभामुख सम्मेलन : उपसभामुखको भूमिका स्पष्ट गर्न पत्राचार गर्ने निर्णय

काठमाडौं । संघ र प्रदेशका सभामुख-उपसभामुखको सम्मेलनले उपसभामुखको भूमिका स्पष्ट गर्न पत्राचार गर्ने निर्णय लिएको छ । पोखरामा पुस १ देखि ३ गतेसम्म भएको अन्तर-व्यवस्थापिका मञ्च नेपालको १०औँ सम्मेलनबाट ७ बुँदे घोषणा पत्र जारी गरेको हो ।
सम्मेलनले अघिल्ला घोषणापत्रगर्ने, संसदीय अध्ययन, अनुसन्धान एवं प्रशिक्षणलाई व्यवस्थित गर्न अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा जनप्रतिनिधि र कर्मचारीलाई निरन्तर प्रशिक्षणको व्यवस्थापन गर्न विधायिकी प्रतिष्ठानको रूपमा विकास गर्ने निर्णय गरेको छ ।
सरकारले सभामा पेस गर्ने बजेट सम्बन्धी कानुन र बजेटको अध्ययन विश्लेषण गरी अनुसन्धानात्मक सेवा दिन संसदीय बजेट कार्यालय बनाउने निर्णय गरिएको छ ।
यस्तै संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूची अन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा तीन वटै सभाको परस्पर सम्बन्ध विकास गर्ने र बन्न बाँकी कानुनको अध्ययन र पहिचान गरी संघीय संसदबाट कानुन निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया