व्यवसायी दुर्गा प्रसाईंकाे मुद्दामा बन्दीसहित उपस्थित गराउन अदालतकाे आदेश
नेपालखोज
२०८१ पुष ३ गते १५:४३

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे मुद्दामा बन्दीसहि उपस्थित गराउन आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश आदेश दिएको हो ।
प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । यो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको हो ।
यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।
प्रहरी हिरासतमा रहेका प्रसाइमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया