राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त
नेपालखोज
२०८१ पुष ३ गते १६:५१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले बुधबार डा. शङ्करप्रसाद शर्मालाई भारत र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले डा. शर्मा र डा. तिम्सिनालाई आवासीय राजदूत नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया