विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त
नेपालखोज
२०८१ पुष ३ गते १७:१६
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया