सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ काराेबार ?
नेपालखोज
२०८१ पुष ४ गते १०:५३

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार ७०० घटेर १ लाख ४९ हजार रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५५ रूपैयाँले घटेर १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया