नयाँदिल्ली पुगिन् परराष्ट्रमन्त्री आरजु राणा

नेपालखोज २०८१ पुष ४ गते ११:१८

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँदिल्ली पुगेकी छन् ।

जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे पुगेकी हुन् । परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीले स्वागत गरेका थिए ।

बेल्जियम, नेदरल्याण्डष, लक्जेम्बर्ग र जर्मनीको भ्रमणपछि परराष्ट्रमन्त्री राणा भारत पुगेकी हुन् ।

जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकको अधिकारसम्बन्धी सम्मेलन-२०२४ मा सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया