‘रविको भाइरल फोटो’ मैले खिचेको हुँ, माफी चाहन्छु : निकोलस भुसाल

नेपालखोज २०८१ पुष ४ गते ११:३५

काठमाडौं । रास्वपा समर्थक डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको तस्वीर आफूले खिचेको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल तस्वीर वास्तविक नै रहेको र कुनै खराब नियत नभएको बताएका हुन् . उनले गल्ती महसुस गर्दै माफी समेत मागे ।

‘फोटो रियल हो मैले नै खिचेको हो । गल्ती भएको हो माफी चाहन्छु,’ उनले लेखेका छन्, ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न गएको थिएँ ।’

डा। भुसालले दुई दिनअघि नै यो फोटो फेसबुकमा राखेका थिए र पछि डिलिट गरेका थिए ।

बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले फोटो फेसबुकमा राखेपछि भाइरल भइरहेको छ ।

प्रतिक्रिया