शनिबार, वैशाख १३, २०८२

नेप्से २५ सय ९६ बिन्दुमा पुग्दा १९ अर्ब ३० करोडको शेयर किनबेच

नेपालखोज २०८१ पुष ५ गते ११:५९

काठमाडौं । यस साता सेयर बजार परिसूचक नेप्से दुई हजार पाँच सय ९६ दशमलव ८२ बिन्दुमा कायम भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४५ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो साता तीन सय १८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । 

जसअनुसार दुई लाख २७ हजार १५ पटकको कारोबारमा तीन करोड ९६ लाख ६४ हजार सात सय ५३ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ३० करोड ९१ लाख ८९ हजार छ सय ४६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झन्डै नौ अर्ब रुपैयाँले कम हो ।

गत साता तीन सय २१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख २० हजार तीन सय ४५ पटकको कारोबारमा छ करोड १४ लाख ४१ हजार नौ सय ८५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २८ अर्ब ७० करोड ८२ लाख ९१ हजार तीन सय छ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये दोस्रो, चौथो र पाँचौँ दिन लगातार ओरालो लागेको नेप्से परिसूचक तेस्रो दिन भने उकालो लागेको थियो । पहिलो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको विश्लेषण गर्दा साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५१ दशमलव ३७ अंकले ओरालो लागेर २६ सय ३० दशमलव ९१ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९३ अंकले ओरालो लागेर चार सय ५१ दशमलव २८ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने नेप्से परिसूचक दुई दशमलव ९५ अंकले उकालो लागेर २६ सय ३३ दशमलव ८८ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३७ अंकले उकालो लागेर चार सय ५१ दशमलव ६६ बिन्दुमा चढेको थियो ।

चौथो कारोबार दिन भने नेप्से परिसूचक पाँच दशमलव ६० अंकले ओरालो लागेर २६ सय २८ दशमलव २६ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५३ अंकले ओरालो लागेर चार सय ५० दशमलव १२ बिन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि नेप्से परिसूचक ३१ दशमलव ४३ अंकले ओरालो लागेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३५ अंकले ओरालो लागेर चार सय ४५ दशमलव ७७ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा जानकी फाइनान्स, नेपाल फाइनान्स आदि परेका छन् भने सेयर कारोबार भएको सङ्ख्याको आधारमा जानकी फाइनान्स, एनआईसी एसिया बैंक अगाडि परेका छन् । यसै गरी बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन सार्वजनिक बिदा
दोस्रो दिन ३०४ ६७६४८ १२७४५७७७ ५९३५६०४८४७
तेस्रो दिन ३१८ ५३९५७ ८९३९३४८ ४३४३२३४७४०.५२
चौंथो दिन ३१४ ४९४२१ ८१४७३२० ४२७००८२५७५.९१
पाँचौं दिन ३१० ५५९८९ ९८३२३०८ ४७६०२६७४८३.४८
कुल ३१८ २२७०१५ ३९६६४७५३ १९३०९१८९६४६.९१
(श्रोत:नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया