उत्तरी सिरियामा टर्कीएका दुई पत्रकारको हत्या

इस्तानबुल, टर्कीए । टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा अंकारा समर्थित र अमेरिका समर्थित लडाकुबीच भएको भिडन्तको रिपोर्टिङका क्रममा मृत्यु भएको टर्कीएको एक पत्रकार सङ्गठन र एक गैरसरकारी संस्थाले शुक्रबार जनाएको छ ।
सिरियाको दोस्रो शहर अलेप्पोबाट करिब १०० किलोमिटर पूर्वमा रहेको टिशरिन बाँध नजिकै बिहीबार भएको विस्फोटमा परी नाजिम दास्तान र सिहान बिलगिनको मृत्यु भएको हो ।
पूर्व शासक बशर अल असदलाई सत्ताच्यूत गरेपछि दशकौँदेखिको दुव्र्यवहार र वर्षौंदेखिको सिरियाली गृहयुद्ध अन्त्य भएको छ तर यसले अल्पसङ्ख्यकका साथै महिलाको अधिकार र अर्धस्वायत्त कुर्द क्षेत्रको भविष्यबारे चिन्ता बढाएको छ ।
पूर्व राष्ट्रपति असद र उहाँका पिताले करिब ५० बर्ष शासन गरेको र हालै अलकायदाको सिरिया शाखामा जरा गाडेको हयात तहरीर अल–शाम ९एचटीएस० ले असदलाई देश छोड्न बाध्य पार्ने आक्रामक आक्रमणको नेतृत्व गरेको थियो।
सिरियामा रहेका विभिन्न विद्रोही समूहले देशको फरक फरक भूगोलमा रहेर असद सरकारविरूद्ध लडिरेका तर एचटीएसको निर्णायक आन्दोलनका कारण राष्ट्रपतिको पलायनपछि देशमा अन्योलको स्थिति छाएको छ ।
एचटीएसले यसलाई कसरी साम्य पार्छ अझै पर्ख र हेरको रणनीतिमा रहेका क्षेत्रीय सङ्गठनले क्षेत्रीय र राजधानीमा सानो सङ्ख्यामा प्रदर्शन गर्दै आफ्नो उपस्थिति देखाउन थालेका छन् ।
प्रतिक्रिया