कास्की अदालतमा रविविरुद्ध मुद्दा दर्ता
नेपालखोज
२०८१ पुष ७ गते १३:११

काठमाडौं । जिल्ला अदालत कास्कीमा सभापति रवि लामिछानेविरुद्ध ३ वटा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ५ जनाविरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआई छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरुद्ध अभियोग दायर भएको हाे ।
रविविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा २७ करोड ८९ लाख ४ हजार रुपैया बिगो दावीसहित मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।
सम्बन्धित

प्रतिक्रिया