शुक्रबार, पुष ४, २०८२

अल्टिमाले अविश्वसनीय मूल्यमा नेपालमा ल्यायो प्रिमियम फिचरयुक्त बूम १८१ एएनसी इयरबड्स

नेपालखोज २०८१ पुष ७ गते १४:५३

काठमाडौं । नेपालको प्रमुख लाइफस्टाइल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बूम १८१ एएनसी नेपाली बजारमा उपलब्ध गराएको छ । एक्टिभ नोइज क्यान्सलेशन, उच्च–गुणस्तरको ध्वनि, र लामो ब्याट्री लाइफजस्ता उन्नत सुविधाहरूले भरिएको बूम १८१ एएनसी ले केवल ३९९९ मा उत्कृष्ट मूल्य प्रदान गर्दछ ।

सुरुवातमा यो १९९९ मा मात्र २५ डिसेम्बरदेखि विशेष अफरमा उपलब्ध हुनेछ जसले यसलाई २५०० भित्रका उत्कृष्ट इयरबड्स मध्ये एक बनाउने कम्पनीले विश्वास लिएको छ ।

अद्वितीय फिचरहरू, अपराजेय मूल्य

अल्टिमा बूम १८१ एएनसी ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइन संयोजन गरी अद्वितीय सुन्ने अनुभव प्रदान गर्छ । ३२डीबीसम्मको एक्टिभ नोइज क्यान्सलेशन (एएनसी) ले तपाईंलाई संगीत वा कलमा कुनै बाधा बिना मग्न गराउँछ ।

अन्य विशेषताहरूः

१ हाई–फाई साउण्ड क्वालिटीः १३ एमएम हाई–फिडेलिटी सोनिक ड्राइभर र अल्टिमा सुप्रिम साउण्ड टेक्नोलोजीले स्पष्ट उच्च, सन्तुलित मध्यम, र गहिरो बास द्यबकक प्रदान गर्दछ ।
२ गेम मोडः ४५एमएस कम लेटेन्सी मोडले लग–फ्री गेमिङ अनुभव प्रदान गर्छ ।
३ ब्याट्री उत्कृष्टताः ४५ घण्टासम्मको कुल प्ले टाइम र एकपटक चार्जमा ६ घण्टा प्ले टाइम। १० मिनेट चार्जमा १२० मिनेट अतिरिक्त प्ले टाइमको लागि थ्रीसी बूस्ट चार्जिङ टेक्नोलोजी ।
४ एआई–पावर्ड क्वाड माइकहरूः एआई क्रिस्टल–क्लियर कल एल्गोरिदमले उच्च–गुणस्तरको कल अनुभव प्रदान गर्दछ ।

आराम र सजिलो प्रयोगका लागि डिजाइन

बूम १८१ एएनसी ले कम्प्याक्ट अन्डाकार बडी र अर्गोफिट डिजाइनसहित आरामदायी र सहज फिट प्रदान गर्छ। आईपीएक्स५ वाटर रेसिस्टेन्ट भएकाले यो कसरत र दैनिक गतिविधिका लागि उपयुक्त रहेको कम्पनीको दावी छ ।

स्मार्ट फिचरहरूमा सुधार

यस इयरबड्सले टच–एनेबल्ड कन्ट्रोलहरू र एण्ड्रोइड तथा आईओएसका लागि उपलब्ध अल्टिमा लिङ्क एपलाई समर्थन गर्दछ। यसले प्रयोगकर्तालाई सक्षम बनाउँछः
१ ईक्यू सेटिङ्स कस्टमाइज गर्न।
२ आफ्नो डिभाइस पत्ता लगाउन।
३ ग्राहक सेवा पहुँच गर्न ।
ट्रान्सपरेन्सी मोडले इयरबड्स नझिकीकन आफ्नो वरपरको अवस्थिति बुझ्न सजिलो बनाउँछ ।

उपलब्धता र रङहरू

बूम १८१ एएनसी कार्बन व्हाइट र कार्बन ब्ल्याक रङहरूमा उपलब्ध छ, जसले स्टाइल र कार्यक्षमता दुवै प्रदान गर्छ। प्याकेजमा इयरबड्स, टाइप–सी केबल, थप इयर टिप्स, ६ महिनाको ब्रान्ड वारेन्टी, र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी समावेश छ ।

लन्च अफर
रु. १९९९ को लन्च मूल्यमा, बूम १८१ एएनसी ले नेपालमा सस्तो र गुणस्तरीय इयरबड्सको नयाँ मापदण्ड कायम गरेको छ । यो विशेष अफर सीमित समयका लागि अधिकृत खुद्रा बिक्रेता र दराज, ब्रदरमार्ट, हुकुट, जीभी ,खल्ती, ईसेवा, नियो स्टोरजस्ता प्रमुख अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ ।

कम्पनीका अनुसार अल्टिमा एक नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड हो, जसले उच्च–गुणस्तरका लाइफस्टाइल उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता राखेको छ । आफ्नो नवप्रवर्तन र ग्राहक–केन्द्रित दृष्टिकोणका लागि परिचित अल्टिमाले प्रत्येक नेपालीको डिजिटल जीवनशैली सुधार्न समर्पित छ ।

प्रतिक्रिया