१३ अंकले घट्याे नेप्से, चार अर्ब ५१ करोडको शेयर किनबेच

काठमाडाैं । साताको पहिलो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५३ अंकले घटेको छ । आज नेप्से १३.५३ अंकले घटेर २५ सय ८३.२९ बिन्दुमा रोकिएको हो ।
नेप्सेमा आज ३१९ वटा कम्पनीको ५७ हजार ८६३ पटकको कारोबारमा ९१ लाख ८० हजार ७१८ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा दुईवटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये जलबिद्युत समूहको सूचक २२.१६ अंकले बढेर तीन हजार ४२४.३९ अंकमा चढेको छ । उत्पादनमुलक समूहको सूचक १०५.८६ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने १२.१९ अंकले घटेर १ हजार ३८०.११ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक ११२.२५ अंकले घटेर पाँच हजार ३४६.३३ अंकमा झरेको छ ।
फाईनान्स समूहको सूचक ४६.५० अंकले घटेर तीन हजार ५६.७९ अंकमा झरेकोमा जिवन बिमा समूहको सूचक १०१.६४ अंकले घटेर १२ हजार ४०४.८४ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बिमा समूहको सूचक १०३.३५ अंकले घटेर १२ हजार ४०९.२२ अंकमा झरेको छ । लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक क्रमशः एक.१६, १९.३४, शुन्य.शुन्य सात, ७.१७ र ६३.५७ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सूचीमा भने रिभर फल्स पावर लिमिटेड परेको छ ।
प्रतिक्रिया