रविको सांसद पद निलम्बन हुने

नेपालखोज २०८१ पुष ७ गते १६:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएकाे छ ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार रविको सांसद पद स्वत: निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वत: निलम्बन हुने भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले रविमाथि २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर गरेको छ । लामिछानेले यसरी ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ । निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो ।

प्रतिक्रिया