लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा भुसाल पक्राउ

नेपालखोज २०८१ पुष ८ गते ६:३९

काठमाडौं । डा. निकोलस भुसाल पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा उनि पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

प्रतिक्रिया