शुक्रबार, पुष ४, २०८२

एडिडासको एक्सचेन्ज अफर सार्वजनिक

नेपालखोज २०८१ पुष ८ गते १४:३३

काठमाडौं । सामाजिक उत्तर दायित्वलाई आफ्नो मूल मर्म बनाउँदै आएको यस रुट्स फेसन प्रालिले यस वर्ष पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

विगतमा पनि विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै साहारा बिहीनहरुकालागि थोरै मात्रामा भए पनि हातेमालो गर्दै आएको थियो । सिएनएन हिरो अनुराधा कोइराला, अल्ट्रा धावक हरिबहादुर रोकायाले सञ्चालन गरेको अभियानमा समेत हातेमालो गर्दै आएको थियो ।

यस पटक पनि यस रुट्स फेसन प्रा.लिले तीन वटा सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको छ । यस रुट्स फेसन प्रालि अन्तर्गत एडिडासको नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा काम गर्दै आएको छ । यस प्रा.लिले दरबारमार्ग, जावलाखेल, न्युरोड, सिभिल मल, सिटी सेन्टर एडिडासको आउललेट सञ्चालन गर्दै आएको छ ।

तीन वटा सामाजिक संस्थासँग सहकार्य गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वल्ड सुज एक्सचेन्ज (पुरानो जुत्ता दिएर नयाँ जुत्तामा छुटको अफर) घोषणा गरेको छ । जस अन्तर्गत १२९९० सम्मका जुत्तामा ३ हजार छुट, १२९९० देखि २२९९० सम्म पर्ने जुत्तामा ४ हजार ५ सय छुट, २२९९० भन्दा माथिको जुत्तामा ७ हजार ५ सय छुट दिने घोषणा गरेको छ ।

यो योजना अन्तर्गत राजधानीमा रहेको एडिडासको आधिकारिक सो रुममा यो अफर लागू हुने पनि रुट्स फेसन प्रा.लिले जनाएको छ । जुनसुकै ब्राण्डको पुरानो जुत्ता ल्याएर अफरमा सहभागी बन्न पनि कम्पनीले आग्रह गरेको छ । यसरी सङ्कलन भएको पुराना जुत्ता तथा नगद ती तीन वटा सामाजिक संस्थालाई प्रदान गर्ने पनि संस्थाले जनाएको छ । यो योजना डिसेम्बर २५ देखि २०२५ जनवरी २४ सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया