फूलचोकी जंगलमा हराएका १३ वायुवती भेटिए
नेपालखोज
२०८१ पुष ९ गते ११:२२

काठमाडौं । ललितपुरको फूलचोकी जंगलभित्र हराएका १३ जना युवायुवती फेला छन् ।
प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा खोजी कार्यका निम्ति त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरूलाई जंगलभित्रैबाट उद्दार गरेको हो । फेला पर्नेमा १० पुरुष र ३ महिला रहेको जिल्ला प्रहरी परिसरका एसपी नवरत्न पौडेलले बताए ।
घुम्न गएका बेला बाटो भुलेर जंगलमा हराएका उनीहरू सोमबार रातितिर प्रहरीको सम्पर्कमा आएको एसपी पौडेलले जनाकारी दिए ।
अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने पौडेलले बताए ।
सम्बन्धित








प्रतिक्रिया