रविसहित ४ जनालाई म्याद थप लागि अदालत लगियाे
नेपालखोज
२०८१ पुष ९ गते ११:३६

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाकाे सभापती रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा लगिएकाे छ ।
कास्की प्रहरीले सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई म्याद थप लागि अदालत लगिएकाे हाे ।
चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ ।
छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया