ललितपुरमा किशोरको हत्या आरोपमा तीन जना पक्राउ
नेपालखोज
२०८१ पुष ९ गते १२:३४

काठमाडौं । ललितपुरमा एक किशोरको हत्या गरेकाे आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त रेस्टुरेन्टमै काम गन २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई पक्राउ गरेर हाे ।
उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएकाे छ । बाँकी दुई जनालाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया