नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगन्ज उपमहानगरपालिका-०२, नेपालगन्ज, बाँकेमा अवस्थित लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका-०८, नारायण पथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ ।
उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीको उपस्थितिमा गरेका थिए ।
हाल यस बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया