एमालेको सचिवालय बैठक बस्दै, यस्ताे छ एजेन्डा
नेपालखोज
२०८१ पुष १० गते ७:५२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने छ ।
आजकाे बैठकमा समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने छ ।
साथै बैठकले केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया