१०५ वर्ष अगाडिको चन्द्रशम्शेरको त्यो क्रिसमस कार्ड

नेपालखोज २०८१ पुष १० गते १३:०९

सन १९१९ अर्थात् आजभन्दा १०५ वर्ष अगाडि वि.सं. १९७६ को क्रिसमसका दिन तत्कालीन श्री ३ चन्द्रशमशेर जङ्गबहादुर राणाले बेलायती प्रधानमन्त्री डेविड लायड जर्जको समयमा उनले बेलायतीहरूका लागि क्रिसमस कार्ड पठाएका थिए । राणा श्री ३ चन्द्रशमशेरले त्यही वर्ष बेलायती सरकारबाट Knight Grand Cross of the Order of St Michael and St George (GCMG) दिइएको थियो ।

नेपालका गोर्खाली वीरहरूले बेलायत सरकारका सहयोगमा लडेको युद्धमा देखाएको वीरताको चर्चा विश्वभर भएको थियो । यही कारणले पनि बेलायतले नेपाल र नेपालीहरूका लागि आवश्यक सहयोग गर्न पनि तत्पर रहेको थियो । चन्द्रशमशेरबाट पनि अङ्ग्रेज पल्टनका लागि गोर्खाली सैनिक भर्तीमा मनग्य सहयोग गरेका थिए । यसैले पनि चन्द्रशमशेरलाई (GCMG) दिइएको थियो ।

शायद यो नै नेपालको सबेभन्दा उच्च तहबाट पठाइएको पहिलो क्रिसमस कार्ड थियो । यो कार्डको पहिलो कभर पेजमा Peace and Goodwill to Men लेखिएको छ । यो हरफ भने पुरानो क्रिसमस गीतबाट लिइएको हो । साथमा चन्द्रशम्शेरले आफ्नो राज्य चिन्ह (Coat of Arms) मा ल्याटिन भाषामा “Dulce et decorum est pro patria mori” राखेका छन् । रोमन कवि होरासको कविताको यो हरफको अर्थ मातृभूमीका लागि मर्न पाउनु सुखद र गौरवशाली हुनेछ ।

“Devoutly and humbly do we now render our heartfelt thanks to God, whose grace has enabled us thus to greet you”

I welcomed back my brave troops with these words and on this Happy Christmastide & New Year, what better can I do, than to send the same message of thankfulness & regard to you, my friend.

‘भक्तिपूर्वक तथा नम्रतापूर्वक हामी भगवानलाई हृदय देखि धन्यवाद दिन चाहन्छौ, जसको कृपाले हामीलाई तपाइहरुको स्वागत गर्न सक्षम बनाएको छ ।’

पहिलो विश्वयुद्धमा आफ्नो वीरता र कौशल प्रदर्शन गरेर फर्केका गोर्खाली सैनिकहरु प्रति गर्व गर्दै मैले यो शव्दहरु आफ्ना वीर सैनिकहरुका स्वागतमा भनेको थिए । आज पून यहि शव्दबाट मेरो साथीलाई नयाँ वर्ष तथा क्रिसमसको पावन अवसरमा धन्यवाद र कृतज्ञताका साथ सन्देश पठाउन चाहन्छु ।भित्री दोश्रो पेजमा भने चन्द्रशम्शेरले आफ्नो तस्विरका साथ नेपालको शानका रुपमा रहेको हिमाली दृश्य तथा वीरताको प्रतिक एक जोडी खुकुरी राखेका छन् भने तल सोह्रौ शताव्दीका कवि एडमन्ड स्पेन्सरको कविता राखेका छन् ।

“Sleep after toil, port after stormy seas, Ease after war, death after life does greatly please.”

कडा परिश्रम पछिको निद्रा, समुन्द्री आँधी पछि भेटिएको बन्दरगाह, युद्ध पछिको सहजता, जीवन पछिको मृत्यु सबैले खुशी दिन्छ ।

क्रिसमस कार्डको अन्तिम पृष्ठमा चन्द्रशम्शेरले आफ्नो राज्य चिन्ह(Coat of Arms) नै राखेका थिए ।

प्रतिक्रिया