९२ लाखसहित जोरपाटीबाट २ जना पक्राउ

नेपालखोज २०८१ पुष १० गते १४:५७

काठमाडाैं । प्रहरीले काठमाडौंको जोरपाटीबाट ९२ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसुवाका जितबहादुर तामाङ र संखुवासभाका सन्तोष खातीलाई मंगलबार राति पक्राउ गरेको हो ।

उनीहरुले कहाँबाट रकम लिएर कहाँ लैजाँदै थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रहरी उच्च स्रोतका अनुसार उनीहरुसँग सुन रहेको सूचनाका आधारमा अप्रेसन चलाइएको थियो । तर उनीहरुको साथबाट सुरुमा ७७ लाख रुपैयाँ र पछि १५ लाख रुपैयाँ बरामद भएको हो ।

प्रतिक्रिया