शनिबार, वैशाख १३, २०८२

भारतका प्रसिद्ध गायक सोनु निगम नेपाल आइपुगे

नेपालखोज २०८१ पुष १० गते १५:५३

काठमाडौं । भारतका प्रसिद्ध गायक सोनु निगम नेपाल आइपुगेका छन् । आज साँझ हुने ‘सोनु निगम लाइभ इन नेपाल’ साङ्गीतिक कार्यक्रमका लागि उनी काठमाडौं आएका हुन् ।

क्रिसमस डे को अवसर पारेर आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नेपाली-टच नेपालले आयोजना गरेको हो । कन्सर्टमा १० हजार दर्शकको उपस्थिति हुने आयोजकको अपेक्षा छ ।

निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् ।

यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’लगायत गीत लोकप्रिय छन् ।

प्रतिक्रिया