डिसेम्बर २५ , न त ईसा मसीहको जन्म दिन थियो न त मृत्यु … !

काठमाडौं । डिसेम्बर २५ न त इसा मसिहको जन्म दिन थियो न त मृत्यु तर पनि डिसेम्बर २५ मा क्रिसमस संसार भर इसाको जन्मदिवसको रूपमा मनाउने गरिन्छ । सन ३३६ बाट बल्ल क्रिसमस मनाउने थालिएको थियो भने अमेरिकामा सन् १८७० बाट बल्ल क्रिसमस मनाउन थालिएको थियो ।
सन ३३६ को डिसेम्बर २५ का दिन रोमन सम्राट् कॉन्स्टैन्टाइनले जिससको जन्मदिनको रूपमा मनाउने घोषणा गरेका थिए । उनी ई साइ भएको कारणले ई साइ धर्मको प्रचार पनि उनको शासनकालमा अत्यधिक भएको थियो । उनकै शासनकालको समयमा सन ३२१ बाट आइतबार छुट्टी दिने परिपाटी पनि बसालेका थिए । उनले नै क्रसलाई जिससको प्रतिकका रूपमा स्वीकार गरेका थिए । तर सम्राट् कॉन्स्टैन्टाइनले केवल यही एउटा क्रिसमस मात्रै मनाउन पाए । अर्को क्रिसमस आउनु अगाडि नै उनको देहान्त भयो । यसपछि पोप जुलियसले डिसेम्बर २५ लाई जिससको जन्म दिनको रूपमा सर्वव्यापी रूपमा इसाईहरूले मनाउने घोषणा गरे । यसरी डिसेम्बर २५ जिससको जन्म दिनको रूपमा मनाउन थालियो । तर इतिहास र बाइबलका अनुसार जिससको जन्म जुन १७ तारिखमा भएको थियो । यसरी रोमन साम्राज्यमा मनाउन थालिएको जिससको जन्मदिन सन ४३२ मा आएर इजिप्ट तथा पछि युरोपका अन्यत्र पनि मनाउन थालियो । अमेरिकामा त बल्ल सन १८७० पछि सरकारी रूपमा डिसेम्बर २५ मा छुट्टी दिन थालियो ।
नेपालमा पञ्चायत कालसम्म क्रिसमस मनाउने छुट थिएन । भित्र भित्र गोप्य रूपमा केही चर्चहरूले मनाउने गरिए पनि सार्वजनिक रूपमा मनाउन पाइँदैनथ्यो । तसर्थ नेपालमा घुम्न आएका पर्यटक क्रिसमस देखी अङ्ग्रेजी नयाँ वर्ष सम्म बैंककमा फर्कन्थे ।
रुसी लेखक निकोलाई नोटोविचले लेखेको The Unknown Life of Jesus Christ मा जिससको सुली चढाए पछि पनि मृत्यु नभएको उल्लेख गरेका छन् । सन १८८७ मा लेखिएको यस पुस्तकमा लेखिए अनुसार उनी रुसबाट अफगानिस्तान, पाकिस्तान हुँदै काश्मीर पुगेर लद्दाख तर्फ लागेका थिए । त्यहाँ एक गुम्बाको बृद्ध मुख्य लामाले लामाहरूको पुस्तकको ठेलीमा जिसस सम्बन्धी पाण्डुलिपि रहेको जानकारी दिए । तर समय अभाव र उद्देश्य भन्दा गलत रूपले लिन सक्ने हुँदा तिब्बतका लागि जान लागेको पछि फर्केर आउँदा अध्ययन गर्ने जानकारी दिएर निस्किए । अचानक खुट्टामा चोट लाग्दा पुन: फर्किएर सोही गुम्बामा बस्न गए । उपचारकै समयमा सो पाण्डुलिपि निकालेर सो को तिब्बती भाषाबाट अनुवाद गरेर डायरीमा सारे । फर्केर किताव छाप्ने इच्छा स्वरूप सबै जानकारी कसैलाई पनि दिएनन् ।
रोममा पुगेर उनले यसबारेमा त्यहाँका उच्च तहका फादरलाई जानकारी गराए । तर फादरले तिमीले बोकेर आएको प्रमाणका बारेमा कसैले पनि विश्वास नगर्ने बरु उल्टै ज्यानको जोखिम हुन सक्ने चेतावनी समेत दिए । र अझ थपे, यदि पैसाकै लागि यो सब गर्दैछौँ भने त्यो कागज दिनु म तिमीलाई आवश्यक रकमको व्यवस्था गरिदिनेछु । यो सुनेपछि उनी चुपचाप फर्किए ।
इसाईहरूले जिससका बारेमा थुप्रै जीवनी लेखेका छन् । थुप्रै चर्चा गरेका छन् तर जिससको जीवनको बारेमा गहिराइसँग कसैले पनि लेखेका छैनन् । बाल्यकालका कथाहरू भेटिन्छ । जब तीस वर्षको उमेरमा जिसस स्वदेश फर्किए । त्यसपछिको चर्चा त भेटिन्छ । तर १३ वर्ष देखि २९ वर्ष बिचमा जिसस कहाँ थिए । के गरिरहेका थिए भन्ने कतै उल्लेख भेटिँदैन ।
नोटोविचले जिससको यहीँ १७ वर्ष खोजेका छन् । १३ वर्षको उमेरमा देशबाट निस्किएर उनी इरान इराक अफगानिस्तान हुँदै भारतमा आइपुगेका थिए । त्यो समय भारतमा मुख्य रुपमा अवधमा बौद्ध धर्म नै प्रमुख थियो । बौद्ध अध्ययन गर्दै जिसस लद्दाखको बाटो तिब्बत पुगेका थिए । तिब्बतमा लामो समय बौद्ध धर्म सम्बन्धी अध्ययन गरेर २९ वर्षको उमेरमा जेरुसलेम फर्किएका थिए । उनको ज्ञान तथा दर्शनले गर्दा छिट्टै नै सबैको प्रिय भए । यहुदीहरूलाई उनको लोकप्रियता मन परेको थिएन । जुन कुरा त्यहाँको राजालाई सुनाइयो जो राजालाई पनि सह्य भएन । अन्ततः उनलाई यहुदी सरकारले समाते । उनलाई न्यायाधीश जसलाई भगवानको दूतका रूपमा मानिन्थ्यो, ले निर्दोष भएको घोषणा गरे तर पनि तत्कालीन समयमा त्यस क्षेत्रको गभर्नर रहेका पोन्टियस पिलाटले सुलीमा चढाएर मृत्युदण्ड दिने निर्णय गरे । हुन त पिलाटले धार्मिक विद्रोह हुन सक्ने तथा जिससको विपक्षमा धेरै भएको हुँदा दबाबमा निर्णय गरेको पनि भन्ने गरिन्छ । त्यो समय जेरुसलेम रोमन साम्राज्यको एउटा प्रान्त जुडियामा रहेको थियो । साथै रोमन सम्राट् अगस्टसले पनि मृत्युदण्डलाई फेरबदल गरेनन् । अन्ततः ३३ वर्षको उमेरमा इस्वी सम्वत ४ मा जिससलाई सुली चढाइयो ।
नोटोविचको पुस्तकमा यस पछिको घटना भिन्न छ । यहुदीहरूले ठुलो क्रसमा हात खुट्टामा किल्ला ठोकेर सुली चढाइएका जिससलाई मृत्यु भएको भनेर छोडेर गए । केही समय पछि जिससका अनुयायीहरू आएर सुलीबाट जिससलाई निकालेर घाउँहरुको उपचार गरे । जिससको मृत्यु भएको थिएन । यसरी जीवित भएका जिसस पुन तिब्बतको यात्राका लागि फर्किए ।
सो पुस्तकका अनुसार, यसरी बौद्ध शिक्षाको ज्ञान तथा प्रसार प्रसारका लागि तिब्बत फर्किएका जिसस नेपाल, तिब्बत तथा भारतमा विभिन्न बौद्ध स्थल तथा गुम्बाहरूमा रहन थाले । अन्ततः १२० वर्षको उमेरमा काश्मीरको रौजबलमा निधन भएको भनिएको छ । अहिले पनि रौजबलमा उनको समाधी छ । पुजा असफलको समाधीका रूपमा रहेको समाधीलाइ जिससको समाधीका रूपमा लिने गरिन्छ । पुजा अफिस नै जिससको भारतमा रहँदाको नाम हो भनिन्छ ।

प्रतिक्रिया